शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

नेपाल उद्योग परिसंघ र राष्ट्रिय ऊर्जा दक्ष केन्द्रबीच ऊर्जामा सहकार्य गर्ने समझदारी

काठमाडौं–नेपाल उद्योग परिसंघ र राष्ट्रिय ऊर्जा दक्ष केन्द्रले उर्जा सम्बन्धि गतिविधिमा सहकार्य गर्ने भएका छन् । ऊर्जा दक्षता, ऊर्जा लेखापरीक्षण, क्षमता अभिवृद्धि र उद्योगहरूको ऊर्जासम्बन्धी सेवाहरुको विकास र कार्यान्वयनका लागि सहकार्य गर्न दुवै संस्थाले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

समझदारीपत्रमा परिसंघका महानिर्देशक दीपकराज जोशी र केन्द्रका प्रबन्ध निर्देशक अमृत अभामणि ढकालले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार उद्योगहरूमा ऊर्जा दक्षता र ऊर्जा परीक्षणको जागरूकता बढाउन दुवै संस्थाले उद्योगहरूको ऊर्जा क्षेत्रमा ऊर्जा दक्षता, ऊर्जा परीक्षण र क्षमता विकासका गतिविधिमा मद्दत गर्ने  नेपाल उद्योग परिसंघले जनाएको छ । 

परिसंघले सन् २०१९ देखि उद्योगहरूमा ऊर्जा दक्षता प्रवद्र्धन गर्दै आएको छ भने केन्द्रले हरितगृह ग्यास उत्सर्जन घटाउने, रोजगारी सिर्जना गर्ने, बढ्दो ऊर्जाको माग पूरा गर्ने उद्देश्यका साथ हरित ऊर्जा र ऊर्जा दक्षता क्षेत्रमा काम गरिरहेको छ ।