सामाजिक सुरक्षा ऐनको नाम 'मासिक भत्ता ऐन' राखौँ : सांसद विक
काठमाडौं–नेकपा एमालेकी सांसद विमला विकले सरकारले संसद्मा प्रस्तुत गरेको सामाजिक सुरक्षा विद्येयकमा सामजिक सुरक्षा ऐनको नाम मासिक भत्ता ऐन राख्नुपर्ने भन्दै व्यंग्य गरेकी छिन् । उनले शुक्रबार संसद्मा गृहमन्त्री बालकृष्ण खाँणले प्रस्तुत गरेको विद्येयकको छलफलमा बोल्दै सरकारलाई यस्तो व्यंग्य गरेकी हुन् ।
‘एउटा सामाजिक सुरक्षा भनेर यो ऐनको नाम राखियो,’ उनले भनिन्, ‘यो भित्र मासिक भत्ता दिने कुरा मात्रै छ । मासिक भत्ता दिएर मात्रै सामाजिक सुरक्षा हुन्छ कि अरु पनि बोल्न पर्छ ? सामाजिक सुरक्षा कस कसलाई दिनुपर्छ भन्ने विषयमा जो-जोलाई यो ऐनले दिने भन्छ, ज्येष्ठ नागरिक, एकल महिला उहाँहरू नै आज समाजमा सबभन्दा असुरक्षित हुनुहुन्छ । पारिवारीक हिंसा, सामाजिक हिंसा, यौनजन्य हिंसा खेपिरहेको अवस्था छ । त्यो बारेमा यो समाजिक सुरक्षा ऐनले बोल्दैन । त्यसैले यो ऐनको नामा समाजिक सुरक्षा ऐन भन्दा मासिक भत्ता दिने ऐन राख्दा यसको काम र नाम मिल्छ जस्तो मलाई लाग्छ ।’
उनले ज्येष्ठ नागरिकको उमेर हद घटाउने विषयमा पनि प्रश्न गरिन् । उमेर हद घटाउँदा घटाउँदै कुनै दिन १६ वर्षमै भत्ता पाउने अवस्था आउन सक्ने भन्दै व्यंग्य समेत गरिन् । ‘ज्येष्ठ नागरिकको, ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ताको उमेरको हद तोक्ने त्यसको मापदण्ड के हो ?,’ उनले भनिन्, ‘एउटा सरकारले ७० वर्ष भन्छ, अर्कोले अलि लोकप्रिय हुन ६८ भन्छ । भोलि अर्को सरकार आएर पैँसट्ठी भन्ला । हुँदाहुँदै कुनै एक बेलामा त १६ वर्षमै ज्येष्ठ नागरिक भत्ता पाउने अवस्थामा हामी पुग्छौँ । त्यसैले उमेर हदको मापदण्ड के हो भन्ने मेरो प्रश्न छ ।’
सांसद विकले जवरजस्ती करणी भएका महिलाहरुले फेरि घरबार गर्न समस्या भएको हुँदा त्यस्ता विषयमा यो ऐनले सम्बोधन नगर्ने बताइन् । श्रीमान सम्पर्कमा नभएका वा श्रीमान बेपत्ता भएका महिलालाई पनि समाजिक सुरक्षाको दायरामा ल्याएर भत्ता दिइनुपर्ने उनको भनाइ छ ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया