एसपीपीका लागि पत्र लेखेका हौँ, सैन्य अलायन्सबारे लेखेका छैनौँ : प्रधानसेनापति शर्मा

काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्माले भुकम्पको अप्ठयारो स्थीति सामना गर्नका लागि अमेरिकासँग मानवीय सहयोगका लागि पत्र लेखेको जनाएका छन् ।
अमेरिकन योजना स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)का लागि पत्र लेखेको स्वीकार गर्दै प्रधानसेनापति राणाले सो पत्रमा सैन्य अलायन्स नलेखिएको पनि जनाएका छन् । संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै प्रधानसेनापति राणाले सार्वजनिक भएको १० बुँदे फरम्याट आधिकारिक नभएको पनि जनाएका छन् ।
‘अहिले जुन पत्र बाहिर आएको छ , त्यो सत्य हो, चिठी लेखिएको साचो हो तर चिठी लेख्दैमा सैन्य अलाएन्स लेखिएको छैन, म सैन्य अलायन्स हुने भन्ने कुराको विरोध गर्न चाहन्छु,’ प्रधानसेनापति राणले भने, ‘यो चिठी किन लेखियो भने त्यो बेला भुकम्प गएपछिको अवस्था थियो, भुकम्पमा काम गर्न अमेरिकाले मानवीय सहायता दिने भनेर लेखिएको हो, सैनिक गठबन्धन गर्ने होइन ।’ ०७२ सालको भुकम्पको मानवीय क्षतिपछि सहयोगका लागि सो पत्र अमेरिकन सरकारलाई पठाए पनि सैन्य अलायन्सका लागि नभएको प्रधानसेनापति राणाले बैठकमा जानकारी दिइरहेका छन् ।
‘नेपाल सरकार र रक्षा मन्त्रालयको स्वीकृतीमा चिठी पठाएको हो तर भुकम्पमा मानवीय सहायताबाहेक अरु उदेश्य थिएन, हैन’ समिति बैठकमा भने ।
तर, हालै सार्वजनिक भएको १० बुँदे फरम्याटबारेमा भने नेपाली सेनालाई कुनै जानकारी नभएको उनको भनाई छ । ‘अहिले १० बुँदे आएको फरम्याट जो बाहिर आएको छ, त्यो भने नेपाली सेनालाई आएको होइन’ शर्माले समिति बैठकमा भने । बैठक जारी छ ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया