केयूकेएल प्रमुखको राजीनामा माग्दै कर्मचारी युनियनहरू धर्नामा

काठमाडौँ- काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यको राजीनामा माग्दै चार कर्मचारी युनियनहरू धर्ना बसेका छन् । केयूकेएल कर्मचारी संघलगायत चार कर्मचारी युनियनहरू विभिन्न माग राखी केन्द्रीय कार्यालयमा धर्ना बसेको हो ।
जिएम शाक्यले २०७७ माघ २६ गते पेश भएको संस्थागत सुधार र नीतिगत सुधारबारे कुनै चासो नदेखाएको, समयमा लेखा परिक्षण नगराएकाले २०७४ देखि वार्षिक सभा हुन नसकेको, कर्मचारीहरूलाई सरुवालगायत विषयमा आस्थाका आधारमा पक्षपातपुर्ण कार्य गरेको आन्दोलनरत कर्मचारी युनियनहरूले जनाएको छ ।
यसैगरी शाक्यले कम्पनी सञ्चालनको बिजनेस प्लान दिन नसकेको, सञ्चालक समितिबाट भएको निर्णयहरू कार्यान्वयन नगरेको, संस्थागत सुशासन कायम गर्ने तर्फ ध्यान नदिएको, समयमा कर्मचारीको पदपूर्ति नगरेको आरोप युनियनहरूले लगाएका छन् । यसैगरी शाक्यको कार्यशैलीप्रति मन्त्रालय र दातृ निकायसमेत सन्तुष्ट नरहेको कर्मचारी युनियनहरूको दाबी छ ।

दलित बस्तीको विद्यालयमा दुई कोठे भवनको शिलान्यास

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

व्यावसायिक रूपमा सङ्गठित हुँदै थकाली महिला
डोकामा पानी बोक्ने दिन गए, धजे-मकरजुङ गाउँका घरमै धारा

सुरक्षित खोरले निकुञ्ज मध्यवर्ती क्षेत्रका वासिन्दालाई राहत

तरबुजाको दानाबाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

प्रतिक्रिया