कालीगण्डकी नदीमा डुंगा पल्टिएर डुबेका सात जनाको उद्धार

पाल्पा - कालीगण्डकी नदी अन्तर्गत पाल्पाको पर्यटकीय स्थल रानीमहल क्षेत्रमा र्याफ्टिङ गर्दै गरेको डुंगा पल्टिँदा बेपत्ता भएका ६ जनाको उद्धार गरिएको छ । र्याफ्टिङ गर्ने डुंगा पल्टिँदा त्यसमा सवार ६ जना बिहीबार बेलुकी पौने ७ बजे डुबेका थिए । उनीहरूको प्रहरी र स्थानीयले सकुशल उद्धार गरेका हुन् ।
उनीहरूलाई रानीमहल क्षेत्रदेखि १ हजार ५ सय मिटर तल्लो भागबाट उद्धार गरिएको प्रहरी चौकी रानीमहलका प्रमुख दधिराम कार्कीले जानकारी दिए । उनका अनुसार सबैको अवस्था मध्यम रहेको छ । र्याफ्टिङ गर्नेहरू एक जना भैरहवाका र बाँकी भारतको गोरखपुरका रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक जनक शाहीले अस्थायी प्रहरी चौकी रानीमहलका हवल्दार दधिराम कार्कीको नेतृत्वको टोलिले उद्धार गरेको बताए । डुंगा पुलको पिलरमा ठोकिएर पल्टिएको बताइएको छ ।

दलित बस्तीको विद्यालयमा दुई कोठे भवनको शिलान्यास

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

व्यावसायिक रूपमा सङ्गठित हुँदै थकाली महिला
डोकामा पानी बोक्ने दिन गए, धजे-मकरजुङ गाउँका घरमै धारा

सुरक्षित खोरले निकुञ्ज मध्यवर्ती क्षेत्रका वासिन्दालाई राहत

तरबुजाको दानाबाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

प्रतिक्रिया