राष्ट्रपति भण्डारीले आज मेलम्ची खानेपानीको उद्घाटन गर्दै

काठमाडौँ : वर्षौपछि काठमाडौँ आएको मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको आज उद्घाटन गरिदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपबाट पानी वितरणको औपचारिक उदघाटन गरेपछि आजदेखि काठमाडौँका धारा धारामा मेलम्चीको पानी आउनेछ ।
‘आज उद्घाटन भएपछि काठमाडौँमा धारा जडान भएका ठाउँमा मेलम्चीको पानी आउँछ’ खानेपानी सचिव माधव बेल्बासेले भने, ‘उद्घाटनका लागि दिउँसो दुई बजे कार्यक्रम राखिएको छ ।’
भृकुटीमण्डपमा राष्ट्रपति भण्डारीले पानीको धारा खोलेपछि मेलम्चीको पानी वितरणको औपचारिक उद्घाटन हुनेछ । यसअघि एक हप्तासम्म काठमाडौँका विभिन्न ठाउँमा मेलम्चीको पानी वितरणको परीक्षण गरिएको थियो ।

ठेक्का सम्झौताको सात महिना अगावै पुल निर्माण

कास्की र पर्वत जोड्ने मोटरेबल पुल नौ वर्षसम्म अधुरै

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

कालोपत्रको माग गर्दै सडकमै वडा कार्यालय सञ्चालन

माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती
धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द

प्रतिक्रिया