सोमबार ०२ असार, २०८२
Monday, June 16, 2025

एनएमबि बैंकद्वारा सर्लाहीका किसानलाई वित्तीय साक्षरता तालिम

काठमाडौँ- एनएमबि बैंकद्वारा लालबन्दी (सर्लाही) का तरकारी उत्पादक कृषकहरूलाई वित्तीय साक्षरता तालिम प्रदान गरेको छ । कार्यक्रममा तरकारी उत्पादक समूहका करिव १ सय ५० जना कृषकहरूको उपस्थिति रहेको थियो । बैंकको लघुवित्त विभाग तथा शाखा कार्यालय लालबन्दीद्वारा आयोजित उक्त कार्यक्रमा उपस्थित कृषकहरूलाई उत्प्रेरणाको साथै बचत, लगानी, बिभिन्न प्रकारका कर्जाहरू तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य बिभिन्न सेवाहरूको बिषयमा वित्तीय शिक्षा प्रदान गर्नुको साथै किसानहरूसँग अन्तरक्रिया समेत गरी उनीहरूको जिज्ञासा तथा सुझावहरू संकलन गरिएको थियो ।

कार्यक्रममा एनएमबि बैंकका तर्फबाट लघुवित्त विभागका प्रबन्धक शरद पौडेलले सहजीकरण गरेका थिए भने कार्यक्रमको संयोजन बैंकको लालबन्दीका शाखा प्रमुख  अरुणकुमार आचार्यले गरेका थिए । सर्लाहीको लालबन्दी क्षेत्र तरकारी उत्पादनको लागि अत्यन्तै महत्वपूर्ण पकेट क्षेत्र मानिन्छ । यस क्षेत्रका करिव १५ सय किसानहरू प्रत्यक्ष रुपमा व्यवसायीक तरकारी खेतीमा लागेका छन ।

यस क्षेत्रमा उत्पादित तरकारीहरू नेपालका काठमाण्डौ, पोखरा, बिराटनगर, नारायणगढ लगायतका विभिन्न शहरहरूमा पठाइने गरिन्छ । यस कार्यक्रमले यहाँका किसानहरूमा वित्तीय ज्ञान प्राप्त भइ आत्मनिर्भर बन्न सघाउ भई समग्र अर्थतन्त्रलाई नै सकरात्मक प्रभाव पर्ने बैंकले विश्वास लिएको छ । 

एनएमबि बैंकले दि फाइनान्सियल टाइम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि  ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरू, १३८ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ । 

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

लण्डनकै दोश्रो स्थानमा पर्‍यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

लण्डनकै दोश्रो स्थानमा पर्‍यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

बिग मार्टले मनायो १६औँ वार्षिकोत्सव, मोबाइल एपको शुभारम्भ र ब्राण्ड एम्बेसडर घोषणा

बिग मार्टले मनायो १६औँ वार्षिकोत्सव, मोबाइल एपको शुभारम्भ र ब्राण्ड एम्बेसडर घो…

कजारियाले गर्‍यो नेपालको पहिलो र एक मात्र एच.डि पोलिस्ड टायल सार्वजनिक

कजारियाले गर्‍यो नेपालको पहिलो र एक मात्र एच.डि पोलिस्ड टायल सार्वजनिक

सिप मेला २०८२ का लागि काठमाडौं महानगरपालिका र एनसेल फाउन्डेसनबीच सम्झौता पत्रमा हस्ताक्षर

सिप मेला २०८२ का लागि काठमाडौं महानगरपालिका र एनसेल फाउन्डेसनबीच सम्झौता प…

एनसेलले ल्यायो साप्ताहिक ९९ रूपैयाँमा अनलिमिटेड अल नेपाल कलसहित अन्य दुई आकर्षक रिन्यूअल प्याकहरू

एनसेलले ल्यायो साप्ताहिक ९९ रूपैयाँमा अनलिमिटेड अल नेपाल कलसहित अन्य दुई आक…