२७ बर्षदेखि बेपत्ता किसान परियारको भारतबाट उद्धार

लमजुङ - लमजुङको राईनास नगरपालिका वडा ८ तार्कुघाट बस्ने बर्ष ४४ को किसान परियार २७ बर्ष अगाडि कामको शिलशिलामा भारत गई बेपत्ता भएका थिए ।
बेपत्ता भए पश्चात आफन्तहरुले आफ्नै तवरले खोजतलास गरेको भएता पनि खोजतलासको सम्बन्धमा प्रहरीमा भने उजुर गरेका थिएनन् ।
यस्तै क्रममा किसानको खोजी कार्यका लागि जेठ ९ गते जिल्ला प्रहरी कार्यालय, लमजुङमा प्राप्त भएको निवेदनको बिषयमा लमजुङ प्रहरीले खोजतलास कार्यलाई बिशेष चासो र प्राथमिकतामा राखी नेपाली राजदूतावास नयाँदिल्ली, प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन तथा अनुसन्धान ब्यूरो काठमाण्डौ, दिल्ली स्थित भारतीय प्रहरी, आफन्त नेपाल केन्द्रीय कार्यालय ललितपुर र परिवारसँगको आपसी सहयोग र समन्वयमा किसान परियार उत्तर प्रदेश जिल्ला मेहरमपुर गाउँबाट जेठ १८ गते उद्धार गरी नेपाल ल्याइएको छ ।
जिल्ला प्रहरी कार्यालय, लमजुङले निज किसान परियारलाई आफन्तको जिम्मा लगाएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्ण बहादुर कार्कीले बताए ।
२७ बर्षसम्म बेपत्ता भएका आफ्ना आफन्तलाई पाउँदा परिवारमा खुसियाली छाएको छ भने निज किसान परियार पनि आफन्तलाई भेट्दा अत्यन्त खुसी भएका छन् ।

दलित बस्तीको विद्यालयमा दुई कोठे भवनको शिलान्यास

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

व्यावसायिक रूपमा सङ्गठित हुँदै थकाली महिला
डोकामा पानी बोक्ने दिन गए, धजे-मकरजुङ गाउँका घरमै धारा

सुरक्षित खोरले निकुञ्ज मध्यवर्ती क्षेत्रका वासिन्दालाई राहत

तरबुजाको दानाबाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

प्रतिक्रिया