सोमबार ०२ असार, २०८२
Monday, June 16, 2025

सेयर बजार परिसूचक २ हजारभन्दा तल झर्‍यो

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर २ हजार भन्दा तल पुगेको छ । मंगलबारको कारोबारमा ३६ दशमलव ०७ अंकले घटेर बजार परिसूचक २ हजार भन्दा तल पुगेको हो।

बजार परिसूचक ३६ अंक घट्दा १९९६ दशमलव २६ अंकमा ओर्लिएको छ। साताको पहिलो कारोबारको दिन बजार परिसूचक १६ अंकले घटेको बजार आज ३६ अंकले घट्न पुगेको हो ।

 साताको पहिलो कारोबारमा पश्चात परिसूचक २०३२ दशमलव ३४ अंकमा ओर्लिएको बजार परिसूचक आज १६ अंकले पुन ओरालो लाग्दा १९९६ दशमलव २६ अंकमा आइपुगेको छ।

३६ अंकले बजार घट्दा आज कारोबार रकम १ अर्ब १८ करोड पुगेको छ । सोमबारको कारोबारमा रकम १ अर्ब पनि पुगेको थिएन । आज २३२ कम्पनीको सेयर १ अर्ब १८ करोड ५५ लाख ४६ हजार १ सय ७९ रूपैयाँ बराबरको सेयर कारोबार भएको छ। ४१ लाख ४७ हजार २ सय ५५ कित्ता सेयर ३१ हजार ८ सय ६ पटक खरिद बिक्री भएको थियो ।

आज सेयर बजार परिसूचक १ दशमलव ७८ प्रतिशत तथा ‘क’ वर्गका कम्पनीहरूको सेन्सेटिभ ६ दशमलव ४८ अंक अर्थात १ दशमलव ६६ अंकले घटेको छ।

उप-समूहतर्फ आज १३ ओटै समूहको सेयर मूल्य घटेको छ ।