शान्ति समाजद्वारा पाँच जिल्लामा रक्तदान कार्यक्रम

काठमाडौँ - विश्व रक्तदाता दिवस १४ जुन (३१ जेठ) का अवसरमा मानव अधिकार तथा शान्ति समाजको आयोजनामा ५ जिल्लामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
२०७९ जेठ ३१ गते शान्ति समाज चितवन शाखाद्वारा भरतपुरमा आयोजित रक्तदान कार्यक्रममा चितवन शाखा सभापति शम्भु राउत सहित ३३ जनाले र शान्ति समाज काठमाडौँ शाखाले बौद्धमा आयोजना गरेको रक्तदान कार्यक्रममा समाजका महासचिव रामकृष्ण बरालसहित २९ जनाले रक्तदान गरेका थिए ।
यसैगरी सुर्खेत शाखाद्वारा वीरेन्द्रनगरमा आयोजित रक्तदान कार्यक्रममा शाखा सभापति प्रकाश शाही ,सचिव दिपक गौतम सहित २१ जनाले रक्तदान गरेका थिए ।
जेठ ३१ गते नै शान्ति समाज रुपन्देहीको आयोजनामा बुटवलमा सम्पन्न रक्तदान कार्यक्रममा केन्द्रीय सचिव मीना ढकाल, शाखा उपसभापति कृष्ण भट्टराई सहित २० जनाले रक्तदान गरेका छन् ।
यसैगरी शान्ति समाज दाङ शाखाद्वारा तुलसीपुरमा आयोजित कार्यक्रममा १२ जनाले रक्तदान गरेका थिए । त्यसक्रममा शान्ति समाजका आजीवन सदस्य हेमेन्द्र खड्काले २० औ पटक रक्तदान गरेका छन् ।

दलित बस्तीको विद्यालयमा दुई कोठे भवनको शिलान्यास

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

व्यावसायिक रूपमा सङ्गठित हुँदै थकाली महिला
डोकामा पानी बोक्ने दिन गए, धजे-मकरजुङ गाउँका घरमै धारा

सुरक्षित खोरले निकुञ्ज मध्यवर्ती क्षेत्रका वासिन्दालाई राहत

तरबुजाको दानाबाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

प्रतिक्रिया