माछा मार्ने बम बनाउने क्रममा विस्फोट : दुई गम्भीर घाइते

बागलुङ : जिल्लाको बडीगाड गाउँपालिकामा माछा मार्ने बम बनाउने क्रममा विस्फोट हुँदा दुई जना गम्भीर घाइते भएका छन् । बडीगाड गाउँपालिका-२ सिमलचौरमा २८ वर्षीय अरुणकुमार पुनले माछा मार्ने बम बनाउने क्रममा अचानक विस्फोटन भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकबाल हवारीले जानकारी दिए ।
बम विस्फोटमा मित्र राना र अरुणकुमार पुन गम्भीर घाइते भएको हवारीको भनाइ छ । उनीहरुको टाउको र खुट्टामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । घाइते दुवै जनालाई उपचारका लागि पाल्पास्थित प्रभास अस्पताल पठाइएको सूचना अधिकारी हवारीले बताए । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण

पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य

ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार

पर्यटक र पूर्वाधार कुरेर बसेको लाखेत

पाँच शताब्दी पुरानो गुम्बा जीर्णोद्धार
सुन्दरबजारबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्यो

हलगोरु पाल्ने १७८ किसानले पाए पोषणभत्ता

प्रतिक्रिया