सोमबार ०९ असार, २०८२
Monday, June 23, 2025

सामुदायिक भवनको शौचालयमा १६ वर्षीया किशोरी बलात्कृत

सांकेतिक तस्बिर

काठमाडौँ- मुस्ताङमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । 

ती किशोरीलाई बलात्कार गरेको अभियोगमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ चैले बस्ने २९ वर्षीय राजन बिकलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

ती किशोरीलाई सोही गाउँपालिका–३ समरस्थित सामुदायिक भवनको शौचालयमा लगि राजनले शनिबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले घरपझोङ गाउँपालिका–४ जोमसोमबाट उनलाई पक्राउ गरेको हो ।