सोमबार ०२ असार, २०८२
Monday, June 16, 2025

कर्णाली प्रदेशमा पेट्रोलियम पदार्थको अभाव

सुर्खेत - कर्णाली प्रदेशमा पेट्रोलियम पदार्थको अभाव भएको छ । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरमा पेट्रोलियम पदार्थको अभाव हुँदा उपभोक्ता मारमा परेका छन् । हातहातमा क्यानी,बोतल लिएर पेट्रोल पम्पमा जानेको भिड बढेको छ ।

भारतीय भन्सारमा विद्युतिय सिस्टम परिवर्तन गरेकाले इन्धन बोकेको नेपाल आउने ट्याङकरहरु नाकामै रोकिँदा तेल अभाव भएको नेपाल आयल निगमले जनाएको छ।

सोमबार वीरेन्द्रनगरका पेट्रोल पम्पहरुमा तेल हाल्न सवारी साधनको भिड लागेको छ। प्रहरीले सोमवार दिउँसोबाट भिड नियन्त्रण हम्मे/हम्मे परेको छ। तेल हाल्नेको भिडका कारण सुर्खेत नेपालगन्ज सडक खण्डको खजुरामा केही समय सडक अवरुद्ध भएको थियो। मंगलबारदेखि पेट्रोलको हाहाकार कम हुने नेपाल आयल निगम कर्णाली प्रादेशिक कार्यालयले जनाएको छ। 

हाहाकार भएको ३ दिनपछि सोमबार वीरेन्द्रनगरका ५ वटा पम्पमा ४ हजार लिटरको पेट्रोल झरेको हो । दीपमाला, बुलबुले, नारायण, गंगामाला र शंकर पेट्रोल पम्पमा पेट्रोल झरेको थियो । भारतीय भन्सारमा विद्युतिय सिस्टम परिवर्तन गरेकाले कोर्डमा समस्यामा आउँदा नेपाल आउने इन्धन बोकेका गाडी नाकामै रोकिँदा तेल अभाव भएको नेपाल आयल निगम कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख राजकुमार केसीले बताए ।

‘भारतिय नाकामा सुर्खेत आउने ५ लाख लिटर पेट्रोल र १२ लाख लिटर डिजेल रोकिएको छ।’ नेपाल आयल निगम कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख राजकुमार केसीले भने । उनका अनुसार मंगलबारदेखि धनगढीबाट ल्याएर भएपनि वितरणमा सहज हुनेछ ।