आईजीपी नियुक्तिविरुद्धको मुद्दा हेर्दा हेर्दैमा, अर्को सुनुवाइ असार ५ मा

काठमाडौं – नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति विरुद्धको मुद्दा हेर्दा हेर्दैमा राखिएको छ । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलासले सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेको हो ।
सरकारले धिरजप्रताप सिंहलाई आईजीपीमा नियुक्त गरेपछि वरिष्ठता मिचेको भन्दै १६ महिना सिनियर एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए । सरकारले गरेको उक्त निर्णय खारेज गर्न परमादेशको माग गर्दै पोखरेलले वारेसनामा मार्फत रिट दायर गरेका थिए ।
उक्त रिटमा वैशाख २२, जेठ १७ गरी दुईपटक सुनुवाइ भइसकेको छ । अर्को सुनुवाइका लागि असार ५ गतेको मिति तोकिएको छ ।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया