पाण्डेको नेतृत्वमा गण्डकी प्रदेशमा एमालेको समानान्तर कमिटी

पोखरा : नेकपा एमाले खनाल-नेपाल समूहले गण्डकीमा सुरेन्द्र पाण्डेको नेतृत्वमा समानान्तर कमिटी बनाएको छ । माधव नेपाल, सुरेन्द्र पाण्डेलगायतका नेताको उपस्थितिमा भएको प्रदेश भेलाले पाण्डेको नेतृत्वमा २२ सदस्यीय समानान्तर कमिटी बनाएको हो । बिहीबार नै कास्की जिल्ला स्तरी अगुवा कार्यकर्ता भेलाले धनराज आचार्यको नेतृत्वमा जिल्लास्तरीय समानान्तर कमिटी बनाएको थियो ।
प्रदेश भेलाले स्याङजा जिल्ला कमिटीमा रामचन्द्र भट्टराईलाई अध्यक्ष चुनेको छ भने भुपराज अधिकारी सचिव छन् । गण्डकी प्रदेश सभाका माधव समूहका एक्ला सांसद इन्द्रलाल सापकोटा बागलुङको अध्यक्ष बनाइएको छ भने सचिवमा लालबहादुर थापा चयन भएका छन् । म्याग्दीमा बालकुष्ण् सुवेदी अध्यक्ष, पर्वतमा भक्त कुँवर अध्यक्ष र पदमपाणी शर्मा सचिव, छन् भने तनहुँमा शंकनारायण क्षेष्ठ अध्यक्ष र श्रीराम कार्की सचिव छन् । गोरखा अध्यक्षमा यादव बस्नेत र सचिवमा सानोमाया बस्नेत छन् ।
कास्की इन्चार्जको बागडोर पाण्डेले नै सम्हाल्नेछन् । गोरखा र स्याङ्जामा चुणामणि जंगली इन्चार्ज चुनिएका छन् । पर्वतमा मोति पौडेललाई इन्चार्ज तोकिएको छ । प्रतापलाल श्रेष्ठलाई तनहुँ र लमजुङको इन्चार्ज बनाइएको छ । लमजुङमा रामबाबु अधिकारी अध्यक्ष, हिरा विक सचिव छन् । नवलपुरमा अध्यक्ष धनञ्जय शर्मा र कृष्ण पौडेल इन्चार्ज बनाइएको छ । मनाङ र मुस्ताङको भने तय गरिएको छैन । चैत मसान्तसम्म सबै जिल्ला तथा प्रदेश कमिटीको घोषणा गरिसक्ने निर्णय गरेको छ ।

संघीय सरकारले ३ करोडभन्दा माथिका योजना कार्यान्वयन गर्ने गरि छलफल चलिरहेको छ…

चैत्र १५ गतेको घटनाका पक्राउ परेका कुनै पनि व्यक्ति अपराधी होइनन् : कमल थापा

तल्लो तहका जनताको जीवनस्तर उठाउने माओवादीको लक्ष्य हो : प्रचण्ड

बौद्ध धर्मदर्शन पालन गरौँः सञ्चारमन्त्री गुरुङ

देशको अवस्थाबारे सही ढङ्गबाट विश्लेषण गर्ने बेला हो यो : सभामुख घिमिरे

आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं : अर्थमन्त्री पौडेल

काठमाडौँ उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील छः मन्त्री सिंह

प्रतिक्रिया