एक महिनामा भित्रिए १५ हजार विदेशी नागरिक
काठमाडौँ : कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा पर्यटन गतिविधि सहज हुन थालेको छ । कोरोना महामारीका कारण नेपाल सरकारले गरेको बन्दाबन्दीपछि हालसम्मकै सबैभन्दा धेरै विदेशी पर्यटक मार्च महिनामा नेपाल भित्रिएका छन् । अध्यागमन विभागले सार्वजनिक गरेको मार्च महिनाको तथ्याङ्कअनुसार एक महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विभिन्न १३८ देशबाट १४ हजार ९७७ विदेशी नागरिक नेपाल भित्रिएका छन् । तीमध्ये ११ हजार दुई पुरुष र तीन हजार ९६३ महिला र १२ अन्य नागरिक रहेका छन् ।
विभागको तथ्याङ्कअनुसार एक महिनामा सबैभन्दा धेरै भारतबाट सात हजार ६५८ पर्यटक नेपाल भित्रिएका छन् । जसमा छ हजार १६९ पुरुष, एक हजार ४७७ महिला र १२ अन्य नागरिक रहेका छन् । यसैगरी चीनबाट एक हजार २०७ पर्यटक नेपाल भित्रिएका छन् । जसमा एक हजार २९ पुरुष र १७८ महिला छन् । एक महिनामा अमेरिकाबाट एक हजार ५६ पुरुष र ६४७ महिला गरी एक हजार ७०३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
विभागको तथ्याङ्कअनुसार गत जनवरीमा आठ हजार ८७४ र फेब्रुअरीमा नौ हजार १४६ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । गत फेब्रुअरीको तुलनामा मार्च महिनामा झण्डै पाँच हजार बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यसैगरी एक महिनामा नौ हजार ५८७ विदेशी पर्यटक स्वदेश फर्किएका छन् । जसमा छ हजार ६६३ पुरुष, दुई हजार ९१३ महिला र ११ अन्य नागरिक रहेका छन् । यस्तै एक महिनामा ४९ हजार पाँच नेपाली विदेश गएका छन् । जसमा चालिस हजार ५६ पुरुष, आठ हजार ८४८ महिला र एक अन्य नागरिक रहेका छन् । एक महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ७१ हजार २७० जना नेपाल भित्रिए भने ५८ हजार ५९२ जना बाहिरिएका छन् । रासस

आन्तरिक पर्यटकको रोजाइमा कुलपानी हरित उद्यान, थप आकर्षक बनाइँदै
_d4qa3odkiK_izdqtdfhaefjahivqfnedatcat8zvcxstgusfyjwwy2er2d6qfk99k2zodns_54ZAsujOBD_0p8m9tv3uhxvcwacpazu4rwihxvqlhhw7buvvjyhsa8oa0k9dy9wmsppgunx.jpg)
पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

चिडियाखानामा सन्ध्याकालीन सेवा सुरु भएपछि बढे पर्यटक

पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड

‘जाऊँ है पोखरा’ अभियानसहित पोखराका व्यवसायी लुम्बिनीमा

प्रकृति र संस्कृतिमार्फत पर्यटक लोभ्याउँदै सिउरुङ

स्वर्गको टुक्रा गौरी टाप
_G1oewkanyv_x8i5fgw6dp0q2il60lu3eie0awigvvaee70vmg49yqnurdt1ukzbnyvemp4w_vxTEfLsVgU_pv1kcfzd8zg6dcytz2spfg4vhsqpaqecmc6wqw2ygleicgy9fkie9kcdvqws.jpg)
प्रतिक्रिया