‘मिस एसईई नेसनल’ विजेता बनिन् दृष्टि

काठमाडौँ - ‘मिस एसईई नेसनल २०२२’ को उपाधि दृष्टि बस्नेतले जितेकी छन् । २१ प्रतियोगीलाई पछि पार्दै उपाधि चुमेकी हुन् । विजेता बस्नेतले विभिन्न गिफ्ट ह्याम्परसँगै प्लस २ का लागि छात्रवृत्ति (एयर होस्टेज, फेसन डिजाइनिङ’ लगायत हात पारेकी छन् ।
शनिबार राष्ट्रिय नाचघरमा अबेर साँझ सम्पन्न प्रतियोगितामा प्रमिशा चौलागाईँ फस्ट रनरअप, लिपी दाहाल सेकेन्ड रनरअप, मञ्जिता कुँवर थर्ड रनरअप र सोनीका सुवेदी फोर्थ रनरअप भए । सबै विजेताले विभिन्न विभिन्न गिफ्ट र उपहारसमेत हात परेकी छन् ।
युहान इन्टरनेसनल आयोजक र एमी इन्टरटेनमेन्टको सहकार्य रहेको प्रतियोगितामा पब्लिक च्वाइस प्रमिशा चौलागार्इँ, फस्ट रनरअप पब्लिक च्वाइस, दृष्टि बस्नेत, भ्युवर्स च्वाइस प्रमिशा चौलागाईँ, फस्टरनरअप च्युवर्स च्वाइस मञ्जिशा कँुवर, म्यानेजमेन्ट च्वाइस तृषा अर्याल, मिस ट्यालेन्ट लिपी दाहाल, मिस फोटोजेनिक अबिरा कार्की, वेस्ट वाक, पूजा पराजुली, बेस्ट पर्सनालिटी अरुणिमा सिंह, मिस स्टाइलिस बेलिरिना कार्की, मिस कञ्जिनालिटी लुनिभा कपाली, मोस्ट चार्मिङ श्रेना भण्डारी, मिस कन्फिडेन्ट शिवानी रे, मोस्ट इन्टेलिजेन्ट सेनीका सुवेदी, मोस्ट एक्टिभ जिज्ञासा केसी लगायतले हात पारे ।
धिरज तण्डुकार, ब्युटिसियन स्वस्तिमा राजभण्डारी, पर्यटन ब्यवसायी तथा समाजसेवी संगीता रौनियार, मोडल सौगात शर्मा, ‘मिस टिन नेशनल २०२२’ की विजेता सायुरी श्रेष्ठ लगायत निर्णायक रहेको प्रतियोगिताको केरियोग्राफी रोजिन शाक्यले गरेका थिए ।एसईई दिएर बसेका छात्राहरूको प्रतिभा निखार्दै उनीहरूलाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकको दाबी रहेको छ ।

मोडल हन्ट नेपालको नवौँ संस्करणमा 'भिरागो'को विकनी शो सम्पन्न
भोलि ‘नो सेभ नोभेम्बर’ को चौथो संस्करणः क्यान्सरविरुद्ध चेतना जगाउन ‘फेसन फर …

मिस टिन नेपालको उपाधी सारालाई

यस बर्षको मिस युनिभर्सको ताज डेनमार्ककी भिक्टोरियालाई

मिस टिन नेपाल २०२४ का सहभागीको 'ट्यालेन्ट शो ' सम्पन्न

मिस टीनको फाइनलमा २० किशोरी सहभागी हुँदै

मिस नेपाल २०२४ कै लागि अस्ट्रेलियाबाट फर्केकी करुणा उत्कृष्ट २६ मा छनौट

प्रतिक्रिया