कैलाली उद्योग बाणिज्य संघको अध्यक्षमा पुन: कुवँर विजयी

कैलाली । कैलाली उद्योग बाणिज्य संघको अध्यक्षमा पुन: पुष्पराज कुवँर बिजयी भएका छन् । संघको ४८ औं साधारणसभापछि भएको निर्वाचनमा ६७८ मत प्राप्त गर्दै कुवँर दोश्रो कार्याकालका लागि निर्वाचित भएका हुन् । कुवँरले ६७८ मत प्राप्त गर्दा राठीले ३५५ मतमै चित्त बुझाए ।
त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा कुवँर प्यानलकै पुष्करराज ओझा निर्वाचित भएका छन । ओझाको पनि यो दोश्रो कार्यकाल हो । ओझाले आफ्ना प्रत्यासी हरिशंकर ठाकुरलाई पराजित गरेका छन् । ओझाको ६१३ मत आउदा ठाकुरले ४१९ मत पाएका थिए ।
यस्तै संघको उद्योग उपाध्यक्ष तर्फ कुवँर प्यानलकै दिनेश लम्साल विजयी भए । लम्सालले ६२१ मत ल्याई विजयी हुदा उनका प्रत्यासी घनश्याम चौधरीले ३६१ मत प्राप्त गरे । यसैगरी एसोसियट उपाध्यक्षमा पनि कुवँर प्यानलकै मनोज अग्रवाल विजयी भएक छ्न् । उनले प्रकाशचन्द्र भट्टलाई मतले पराजित गरे । अग्रवालको ५१६ मत आउदा भट्टले ४५८ मत प्राप्त गरे ।
संघको वस्तुगत उपाध्यक्षमा कुवँर प्यानलकै लक्ष्मणराज पन्त विजयी भएका छन् । पन्त राठी प्यानलका केशवदत्त पाण्डेयलाई पराजित गर्दै विजयी भएका हुन् । पन्तले ५४५ मत ल्याउँदा पाण्डेयले ४०४ मतमा चित्त बुझाए । त्यसैगरी बाणिज्य उपाध्यक्षमा यसअघि नै राठी प्यानलका केशवराज जोशी निर्बिरोध निर्वाचित भइसकेका छन । कुवँर प्यानलका गगनराज केसीले उम्मेदवारी फिर्ता लिँदा जोशी निर्वाचित भएका हुन् ।
यसैगरी संघको महासचिव, सचिव र कोषाध्यक्षमा कुवँर प्यानलकै क्रमश ओमबहादुर बिष्ट, सुरेन्द्र पाण्डेय र भिमराज ओझा (अबु) विजयी भएका छन । विजयी बिष्ट र ओझाको यो दोश्रो कार्यकाल हो । विजयी कुवँरले यो जित आफ्नो मात्रै नभएर सम्पूर्ण व्यवसायीको भएको बताए । उनले पराजित साथीहरूलाई समेत मिलाएर लैजाने बताए ।
कुवँर र राठी दुई प्यानल बनाएर चुनावी मैदानमा होमिएका थिए । कुवँर प्यानलमा अधिकांश पुरानै अनुहार दोहरिएका थिए भने राठी प्यानलबाट नयाँ अनुहारहरू चुनावी मौदानमा थिए । कुल १६१७ मतदाता रहेको संघमा १०५९ मत खसेको थियो ।
सुनचाँदी व्यवसायी आन्दोलनमा

वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

आजदेखि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

नेप्सेमा झिनो अङ्कको सुधार,११ अर्ब बढीको कारोबार

एघार महिनामा ४० प्रतिशत विकास खर्च

प्रतिक्रिया