फेरि बढ्यो सुनको मुल्य

काठमाडौँ- सुनको मूल्य आइतबार एक हजार ५०० रुपैयाँले वृद्धि भएको छ । गत साताको अन्तिम दिन शुक्रबारको तुलनामा आइतबार तोलामा १ हजार ५०० रुपयाँले बढेर ९९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार प्रतितोला ९७ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो । आइतबार तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ७ ०० रुपैयाँ निधारर्ण गरिएको छ ।
त्यस्तै चाँदीको मूल्य भने प्रतितोला एक हजार २८० रुपैयाँमा नेपाली बजारमा कारोबार भइरहेको छ । चाँदीको भाउ पनि १५ रुपैयाँले बढेको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस एक हजार ८७२ र चाँदी प्रतिऔंस २२ दशमलव ८९ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।
सुनचाँदी व्यवसायी आन्दोलनमा

वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

आजदेखि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

नेप्सेमा झिनो अङ्कको सुधार,११ अर्ब बढीको कारोबार

एघार महिनामा ४० प्रतिशत विकास खर्च

प्रतिक्रिया