काठमाडौँको फोहोर राति मात्र लैजान पाउने गरी स्थानीयसँग सहमति (पत्रसहित)

काठमाडौँ- अबदेखि काठमाडौँ उपत्यकाको फोहोर रातिमात्र व्यवस्थापन गर्न लैजाने गरी काठमाडौँ महानगरपालिका र नुवाकोट सिसडोलका स्थानीयबीच सहमति भएको छ । शुक्रबार राति भएको वार्ता काठमाडौँ महानगर र सिसडोल- बन्चरेडाँडाबीच फोहोर उठाउन १९ बुँदे सहमति भएको हाे ।
राति १ बजे सकिएको बैठकमा आन्दोलनरत स्थानीयदेखि वडाअध्यक्षहरूको उपस्थितिमा सहमति भएको हो ।
सहमतिपत्रको अनुसार अबदेखि दुई पक्षबीच फोहोर ढुवानी रातिको समयमा गर्ने, रातिको लागि आवश्यक पूर्वाधार बत्ती तथा बाटोको निर्माण तीन महिनाभित्र गर्ने, सिसडोल र बञ्चरेडाँडामा फोहोरको दुर्गन्ध नआउने गरी काठमाडौँ महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने, फोहोरबाट निस्कने लिच्चड खोलामा नमिसाउने र दुई महिनाभित्रमा वैज्ञानिक व्यवस्थापन गर्ने र फोहोरबाट निस्कने लिच्चड बाटोमा ननिस्कने व्यवस्था गर्ने गरी सहमति भएको हो ।
'प्रभावित क्षेत्रमा गुणस्तर शिक्षा प्रदान गर्न महानगरपालिकाले सहयोग गर्नुपर्ने, फोहोर मैला प्रभावित क्षेत्रलाई सम्भव भएसम्म हरियालीको रुपमा विकास गर्ने, बञ्चरेडाँडा वरपरको घरटहरा क्षतिपुर्ति तीन महिनाभित्र पूरा गर्ने र प्रभावित्र क्षेत्रमा कृषि प्रवर्द्धनको कार्यक्रमहरू सञ्चालन गर्न सहयोग गर्ने' सहमति पत्रमा लेखिएको छ ।
सहमतिपत्रमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, ककनी गाउँपालिका - १ का अध्यक्ष पदमबहादुर श्रेष्ठ बलामी, ककनी गाउँपालिका - २ का अध्यक्ष तिलक बहादुर लामा, धुनीबेंसी नगरपालिका - १ अध्यक्ष बहादुर तामाङ र धुनीबेंसी नगरपालिका - ३ का अध्यक्ष प्रकाश हमालले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

पर्याप्त वर्षा नहुँदा काठमाडौंको आकाश खुलेन

प्रतिक्रिया