शुक्रबार ०९ जेठ, २०८२
Friday, May 23, 2025

ट्राफिक व्यवस्थापन गर्न स्कूल र सरकारी अफिस सञ्चालन गर्ने समय फरक गरौँ : प्रकाशमान सिंह

काठमाडौं–नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले काठमाडौंको ट्राफिक व्यवस्थापन गर्न स्कूल र सरकारी कार्यलय सञ्चालनको समय फरक फरक बनाउनुपर्ने बताएका छन् । संसद्को बिहीबारको बैठकमा शून्य समयमा बाेल्दै उनले यस्ताे भनाइ राखेका हुन् । 

 ‘काठमाडौँको ट्राफिकको कारणले एक ठाउँबाट अर्को ठाउँमा जान समय धेरै लाग्छ,’ उनले भने, ‘र त्यसका सरकारको ध्यानाकर्षण गर्न चाहन्छु, स्कूल जाने टाइम र नेपाल सरकार अफिस सञ्चालन गर्ने टाइम फरक गरेर यो ट्राफिक जाममा केही फरक आउँछ कि त्यता तिर पनि सोचौँ ।’