सरकारले प्राङ्गारिक मल कारखाना खोल्ने योजना ल्याउनुपर्छ : संग्रौला
काठमाडौं–नेपाली कांग्रेसकी सांसद डा.डिला संग्रौला पन्तले सरकारले प्राङ्गारिक मल कारखाना खोल्ने योजना ल्याउनुपर्ने बताएकी छिन् । संसद्मा जारी मन्त्रालयगत बजेट छलफलमा बोल्दै उनले यस्तो धारणा राखेकी हुन् । ‘यस पटक पनि बजेटमा रासायनिक मल कारखाना खोल्ने कुरा परेको छ,’ उनले भनिन्, ‘तर मेरो विचारमा अहिले सरकारले प्राङ्गारिक मल कारखाना खोल्ने योजना पनि सँगसँगै ल्याउनु पर्छ ।’
उनले बजेटमा योगदानमा आधारित किसन पेन्सन योजना शुरु गर्ने, ५ खर्ब बराबरको कर्जा प्रवाह गर्न एक लघु वित्त कोषको स्थापना गर्ने प्रस्तावको स्वागत समेत गरिन् । खेति याम सुरु भइसक्दा पनि सरकारले रासायनिक मलको व्यवस्था मिलाउन नसकेको भन्दै उनले चिन्ता ब्यक्त गरिन् । ‘खेतीको याम शुरु भै सक्दा पनि सरकारले रासायनिक मलकै व्यवस्था मिलाउन सकेको छैन,’ उनले भनिन्, ‘गोदामहरू खाली छन । त्यस्तै आगामी वर्षका लागि रासायनिक मलको बजेट झन्डै ५० प्रतिशतले घटाएको छ जुन अत्यन्तै चिन्ताजनक विषय हो ।’
सांसद संग्रौलाले सरकारलाई भारत सरकारसँग कुटनीतिक पहल गरेर मल ल्याउन समेत आग्रह गरिन् ।
यस्तै उनले सूचना तथा सञ्चार मन्त्रालयको बजेटमा बोल्दै फेसबुक र यु ट्युबलाई समेत करको दायरामा ल्याउन सरकारसँग माग गरिन् । ‘फेसबुक र यु ट्युब लोकप्रिय सामाजिक सञ्जालको रुपमा परिचित छन्,’ उनले भनिन्, ‘ तिनलाई करको दायरामा ल्याउन म सरकारसंग माग गर्छु ।’
सांसद संग्राैलाले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई ’पब्लिक सर्भिस ब्रोडकास्टिंग’ को मोडेलमा लगेर एउटा ’सार्वजनिक प्रसारण प्राधिकरण’ अन्तर्गत राख्न पनि सरकारसँग माग गरिन् ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया