तुवाँलो कायमै, किन भयो पहाडी भू-भागमा चट्याङसहितको वर्षा ?

काठमाडौँ : मुलुकका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदलीसँगै तुवाँलो कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुकोसमेत आंशिक प्रभाव देखिएको वर्षा भएको हो ।
महाशाखाले मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गर्दै आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श दिएको छ । महाशाखाका अनुसार आगामी २४ घण्टाका देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु पर्नेछ ।
तीन दिनको मौसम पूर्वानुमान
चैत्र १९ गते (बिहिबार)
दिउँसो : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती, र गण्डकी प्रदेशका पहाडी भू-भागका थेरै स्थ नमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राति : देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
चैत्र २० गते (शुक्रबार)
दिउँसो : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
दिउँसो : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
चैत्र २१ गते (शनिबार)
दिउँसो : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
दिउँसो : देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

पर्याप्त वर्षा नहुँदा काठमाडौंको आकाश खुलेन

प्रतिक्रिया