काठमाडौँ उपत्यकासहित विभिन्न ठाउँमा वर्षा, तर प्रदूषण हट्दैन !

काठमाडौँ : उपत्यकासहित देशका पहाडी भेगमा हल्का वर्षा भएको छ । काठमाडौँ उपत्यका, नगरकोट, काभ्रेको धुलिखेल लगायतका ठाउँमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकी मौसमविद शान्ति कँडेलका अनुसार उपत्यकासहित कास्की लगायतका जिल्लामा पनि वर्षा भइरहेको छ । यो वर्षा क्षणिक भएको मौसमविद कँडेलले बताइन् । वर्षा भएपनि तत्काल काठमाडौँ उपत्यका लगायतका ठाउँमा देखिएको वायु प्रदूषण भने हट्ने सम्भावना छैन ।
यो वर्षाले वनमा लागेको डढेलो निभाउन नसक्ने उनको भनाई छ । क्षणिक वर्षा भएकाले डढेलो निभाउन पर्याप्त नहुने उनको भनाई छ । वर्षापछि फेरि डढेलोका कारण धुवाँ र धुलोका कणहरु वायुमण्डलको सतहमा रहने भएकाले पूर्ण रुपमा तत्काल प्रदूषण नहट्ने मौसमविद कडेँलले बताइन् ।
‘वर्षा भएपनि यसले वनमा लागेको डढेलो निभाउँदैन’ उनले इकागजसँग भनिन्, ‘त्यसैले केही क्षण वर्षा भएपनि डढेलोका कारण धुवाँ र धुलोका कणहरु फेरि वायुमण्डलमा थुप्रिन्छन् । सोही कारण तत्कालै प्रदूषण पूर्ण रुपमा हट्ने सम्भावना कम छ ।’

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

पर्याप्त वर्षा नहुँदा काठमाडौंको आकाश खुलेन

प्रतिक्रिया