'आईपीएल विश्वकै सर्वोत्कृष्ट क्रिकेट लिग'

काठमाडौँ: चेतेश्वर पुजरा इन्डियन प्रिमियर लिग (आईपीएल) मा पुनरागमन गर्दैछन् । आईपीएलमा अन्तिम पटक सन् २०१४ मा खेलेका पुजारा त्यसपछिका संस्करणहरुमा ‘अनसोल्ड’ रहँदै आएका थिए । तर महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नाई सुपर किंग्सले खरिद गरेपछि पुजार यस वर्षको आईपीएलमा सहभागी हुने भएका हुन् ।
पचास लाखमा बिक्री भएसँगै चेन्नाईबाट आईपीएल खेल्ने पक्का गरेका पुजारा दंग छन् । ‘आईपीएलमा पुनरागमन गर्न पाउँदा म खुसी छु । यो विश्वकै सर्वोत्कृष्ट क्रिकेट लिग हो । धेरै वर्ष म यस लिगबाट बाहिर रहे । फेरि फर्कन पाउँदा म भागइमानी महसुस गरिरहेको छु,’ क्रिकबजसँग कुरा गर्दै पुजाराले भनेका छन् ।
चेन्नाईको पुजारा खरिद गर्ने निर्णयको चौतर्फी प्रशंसा गरिएको थियो । यसअघि आईपीएल क्लबको नजरमा पर्न नसकिरहेका पुजारा इंग्लिस काउन्टी क्रिकेटमा व्यस्त रहन्थे । यसपटक आईपीएलमा खेल्ने पक्का भएसँगै पुजाराको लक्ष्य छ, टि–ट्वान्टी ढाँचाको लागि आवश्यकीय कौशल अभिवृद्धि गर्ने । टेस्ट क्रिकेटका लागि उपयुक्त भनिएका खेलाडीलाई टि–ट्वान्टीमा मौका नदिइने पनि पुजाराको गुनासो छ ।
पुजाराले आफू चेन्नईका कप्तान धोनी प्रति कृतज्ञ रहेको पनि बताए । ‘धोनी र चेन्नाई क्लब प्रशासनले मलाई विश्वास गरेकोमा धन्यवाद भन्न चाहन्छु । यो मलाई दिइएको सम्मान पनि हो । यसमा म एकदमै खुशी छु,’ ३० आईपीएल खेल खेल्दा तीन सय ९० रन बनाएका पुजाराको भनाइ थियो ।

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

पिएसजी युइएफए च्याम्पियन्स लिगको फाइनलमा

प्रतिक्रिया