पेट्रोलियम पदार्थमा कर घटाएर राहत दिनुपर्छ : सांसद थापा
काठमाडौं–नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले तत्काल भएको मूल्यवृद्धिको समस्या समाधान गर्न सरकारले पेट्रोलियम पदार्थमा लगाइएको कर घटाएर तत्काल राहत दिनुपर्ने बताएका छन् ।
उनले संसद्मा दर्ता भएको मुल्यवृद्धि सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमा बोल्दै यस्तो बताएका हुन् । ‘पेट्रोलियम पदार्थ हामी अन्तराष्ट्रिय बजारबाट किन्छौँ,’ उनले भने, ‘त्यसमा ६० पैसा मात्रै प्रशासनिक खर्च हो । आयल निगम छैन भन्ने माने पनि एक रुपैयाँको ६० पैसा घट्ने हो । बाँकी त कर हो । पूर्वाधार करलगायत अरु थुप्रै कर छन् । अहिले लगाइएका थुप्रै करहरू घटाएर केही न केही राहत दिनै पर्छ ।’
उनले तत्कालको समस्या समाधान गर्दै खपत कम गर्ने प्रभावकारी उपाय पनि सरकारले अपनाउनु पर्ने बताए । उनले पेट्रोलिय ऐन समेत ल्याउनको लागि आग्रह गरे । नेपाललाई पेट्रोल डिजेल र एलपीजी ग्याँस मुक्त देश बनाउन महत्वाकांक्षी योजना बनाएर काम गर्नुपर्ने उनको भनाइ छ ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया