पेट्रोलियम पदार्थको कर घटाएर मूल्य कम गर्नुपर्छ –सांसद पण्डित

काठमाडौँ–एमाले सांसद लालबाबु पण्डितले सरकारले पेट्रोलियम पदार्थको कर घटाएर मूल्य कम गर्नुपर्ने बताएका छन् । उनले एमाले सचेतक विशाल भट्टराईले दर्ता गराएको मूल्यवृद्धि सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमा बोल्दै यस्तो बताएका हुन् ।
सांसद पण्डितले नेपाल आयल निगमलाई कुनै पनि हालतमा निजीकरण गर्नु नहुने समेत बताए । ‘नेपाल आयल निगमलाई कुनै पनि हालतमा निजीकरण गर्नु हुँदैन,’ उनले भने, ‘निजीकरण समस्याको समाधान होइन । अन्तराष्ट्रिय रुपमा पेट्रोलिय पदार्थको मूल्य बढेको भनिएको छ । कर घटाएर मूल्यलाई कम गर्न सकिन्छ ।’
उनले जनतालाई राहत दिन सार्वजनिक यातायातको साधनहरुमा प्रयोग हुने र जुन घरायसी प्रयोजनको ग्यास लगायतको पेट्रोलिय पदार्थमा फरक फरक दर कायम गरेर सरकारले निर्णय गर्नुपर्ने बताए ।
मूल्य वृद्धि बजार अनुगमन नभएकाले बढेको उनको भनाइ छ । मूल्य वृद्धिले सत्तापक्ष र प्रतिपक्ष दुवैलाई पिरोलेकाले संसदीय छानबिन समिति बनाएर अघि बढ्नुपर्ने उनले बताए ।
‘प्रतिपक्षलाई मात्रै महँगीले पिरोलेको छ भन्ने होइन,’ उनले भने, ‘यसले सत्ता पक्ष र जनतालाई पनि पिरोलिरहेको छ । यो स्थितिमा सरकारले आवश्यक कदम चालोस् र सार्वजनिक रुपमा संसदीय छानबिन समिति बनाएर अघि बढ्ने जुन प्रस्ताव आएको यसमा सरकार हिच्किचाउनु हुँदैन । ’

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया