संसद्मा मुल्यवृद्धि सम्बन्धमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल

काठमाडौँ- प्रतिनिधिसभामा मुल्यवृद्धि सम्बन्धमा सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरिएको छ ।
पेट्रोलियम पदार्थसहितका वस्तुतमा अस्वभाविक मुल्यवृद्धि गरिएको भन्दै संसद्मा दर्ता गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावलाई शुक्रबारको प्रतिनिधिसभाको बैठकमा प्रस्तावक विशाल भट्टराईले प्रस्तुत गरेका हुन् ।
साथै उक्त प्रस्तावको समर्थनमा गणेश कुमार पहाडी, राजेन्द्र प्रसाद लिङ्देन र दुर्गा पौडेलले रहेका छन् ।
बैठकमा प्रस्ताव पेस गरेका भट्टराई र समर्थनमा बोलेका सांसदहरुले अस्वभाविक रुपमा मुल्यवृद्धि भइरहँदा सरकारले बजार अनुमगनसमेत नगरेको बताएका छन् ।
मुल्यवृद्धिका कारण जनजीवन कष्टकर बनिरहँदा सरकार मुल्यवृद्धि घटाउन उनीहरुको माग छ । पेट्रोलियम पदार्थमा लगाइएका कर घटाएर भए पनि मुल्यवृद्धि नियन्त्रण गर्नुपर्ने बताएका छन् ।
पेट्रोलियम पदार्थ आयात गर्न आयल निगमको एकाधिकार तोडेर निजी क्षेत्रलाई कमिसन खाएर दिन लागेको आशंका गरेका उनीहरुले आपत्ति जनाए ।
अहिले उक्त प्रस्तावमाथि छलफल भइरहेको छ । छलफलका लागि दुई घण्टा छुट्याइएको छ ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया