बजेटले जनताको जीवन परिवर्तन गर्न सक्दैन : राजेन्द्र लिङ्देन
काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले ल्याएको बजेटले जनताको जीवन परिवर्तन गर्न नसक्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा सरकारले ल्याएको बजेट छलफलमाथि बोल्दै सांसद लिङ्देनले यस्तो बताएका हुन् ।
‘अहिलेको बजेट इमानदारी पूर्वक भन्नुपर्छ यसले हाम्रो जिवन परिवर्तन गर्न सक्दैन,’ उनले भने, ‘देशमा अहिले जुन प्रकारको आर्थिक संकट बढ्दै गएको छ । जुन प्रकारको मूल्य वृद्धि हुँदै गएको छ । त्यसलाई रोक्नेतर्फ उन्मुख छैन ।’
सांसद लिङ्देनले बजेट केवल निर्वाचन लक्षित भएको आरोप लगाए । ‘बजेट केवल निर्वाचन लक्षित छ,’ उनले भने, ‘आगामी निर्वाचनलाई केन्द्रमा राखेर ल्याइएको छ । यो बजेटको स्रोत के हो ? यसका कार्यान्वयनका आधार के हुन् ? कही पनि स्पष्ट छैन । सँधै झैँ बजेट अनुमान यति आम्दानी हुन्छ होला, यति अनुदान पाइन्छ होला ?यति ऋण लिइन्छ होला ? त्यसको आधारमा बनाइएको छ ।’
उनले सरकारले ल्याएका कार्यक्रमको स्रोतहरू नखुलेकाले त्यो जनतालाई भुल्याउन ल्याइएको समेत बताए । ‘बजेटमा कति राम्रो कुरा छ कि १ घण्टामै चितवन पुग्ने,’ उनले भने, ‘तर त्यसका आधार के हुन ? स्रोत के हुन् ? त्यसकारण यी सबैबाट के देखिन्छ भने यो बजेट एउटा ललिपपको रुपमा भुल्याउने कुरा गरेर ल्याइएकाे छ ।’

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया