बजेटमा मधेशलाई ठगियो : प्रदिप यादव
काठमाडौं–जनता समाजवादी पार्टीका नेता तथा संघीय सांसद प्रदिप यादवले मधेश प्रदेशलाई बजेटमा ठगिएको बताएका छन् । उनले प्रतिनिधिसभाको जारी बजेट छलफलमा समग्र बजेट संघीयताको पक्षमा भए पनि मधेश प्रदेशमा बजेटमा ठगिएको बताएका हुन् ।
‘बजेट हेर्दा खुसी पनि लाग्छ । दु:ख पनि लाग्छ । खुसी यसकारण लाग्छ कि संघीयतालाई बलियो बनाउने खालको छ,’ उनले भने, ‘समग्रमा हेर्दै जाँदा बजेट सन्तुलित छैन । खास गरेर मधेशको कुरा गर्ने हो भने यो बजेटमा मधेश प्रदेशलाई पूर्ण रुपले ठगिएको छ ।’
उनले हुलाकी राजमार्ग मधेश प्रदेशकै लाइफलाइन भएता पनि यसका लागि बजेट नछुट्याइएकोमा गुनासो पोखे । ‘हुलाकी राजमार्ग मधेश प्रदेशकै लाइफलाइन हो,’ उनले भने, ‘हुलाकी सडकमा थोरै बजेट राखिएको छ । जबकी सडकहरू संरचनाहरू बनाउन बाँकी नै छ । सरकार र अर्थमन्त्रीको यसको ध्यान जाओस् ।’
यस्तै बजेटमा मधेश प्रदेशको योजना नसमेटिएकाले त्यसमा विचार गर्न माग राखे । ‘बजेटमा मधेश प्रदेशको खासै योजना छैन,’ उनले भने, ‘मधेश प्रदेशलाई दिने अनुदान झन गठबन्धनको सरकारले घटाएको छ । जुन चिन्ता योग्य छ । त्यसमा पुर्नविचार गरियोस् ।’

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया