वृद्धभत्तामा जे गर्नुहोस् त्यो एमालेकै 'ब्राण्ड' हो : सुरेन्द्र पाण्डे
काठमाडौं– एमाले नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बृद्ध भत्ता एमालेको ब्राण्ड भएको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बजेटमाथिको छलफलफमा बोल्ने क्रममा पाण्डेले यस्तो बताएका हुन् ।
‘वृद्धभत्तालाई ६८ मा झार्नु भयो,’ उनले भने, ‘वृद्धभत्ता जतिसुकै कुरा गरेपछि यो एमालेको ब्रान्डिङ हो । तपाई ६८ मा झार्नुहोस् ५८ मा झार्नुहोस् केही फरक पर्दैन ।’
उनले जनयुद्धमा र राष्ट्रिय मेलमिलापमा एमालेको दाबी नपुगेजस्तै वृद्धभत्तामा अरुको दाबी नपुग्ने बताए । ‘जसरी जनयुद्धमा हाम्रो दाबी पुग्दैन । राष्ट्रिय मेलमिलापमा पनि हाम्रो दाबी पुग्दैन, कांग्रेसको पुग्छ । ठिक त्यसै गरी वृद्धभत्तामा जे गर्नुहोस् त्यो एमालेकै हुन्छ । एमालेलाई नै मान्छेले ताली ठोक्छन् ।'

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया