महिलालाई जिउँदै जलाएर हत्या गरेको आरोपमा पक्राउ

सप्तरी- एक महिलालाई जिउँदै जलाएर हत्या गरेको अभियोगमा उनकै देवर सोमबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा बोदे बर्साइन नगरपालिका–१ धनगढीका २१ वर्षीय परमेश्वर साह रहेकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ
घटनापछि फरार रहेका आरोपित केही दिनदेखि घरमै बस्न थालेको सूचना पाएपछि प्रहरीले परमेश्वरलाई पक्राउ गरेको जनाइएको छ । उनलाई गत माघ २१ गते खाना पकाइरहेकी २७ वर्षीया राजकुमारी साहलाई शरीरमा पेट्रोल छर्केर आगो लगाएको अभियोग लगाइएको छ । आगोमा जलेर गम्भीर घाइते भएकी राजकुमारीको उपचारका क्रममा माघ २२ गते विराटनगरमा मृत्यु भएको थियो ।

सर्लाहीमा हुरीले ६ जना घाइते

गाडीबाट लडेर युवकको मृत्यु

अत्यधिक गर्मीले वीरगञ्जका विद्यालयमा बिहान पढाई हुने

माओवादी नेता माझीसहित सिमरीको सिंगो गाउँ नै एमालेमा प्रवेश

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

प्रतिक्रिया