नक्कली नोटसहित दुई पक्राउ

वीरगञ्ज- पर्सा प्रहरीको टोलीले नक्कली नोट कारोबार गरेका आरोपमा दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका–८ का १९ वर्षीय राजाबाबु साह तेली र पटेर्वासुगौली गाउँपालिका घर भई हाल बहुदरमाई नगरपालिका–८ बस्ने २० वर्षीय अजय सहनी छन् ।
पर्सा जगरनाथपुर गाउँपालिका–६ स्थित लागेको दुर्गा भगवती मेलामा नक्कली नेपाली रु एक हजार दरका नोट साट्दै गरेको अवस्थामा उनीहरूलाई २० थान (२० हजार नक्कली रकम)सहित प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीले नक्कली नोट साटिरहेको खबर पाएपछि इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले खोजतलास गर्दै जाँदा उक्त मेलाबाटै नक्कली नोटसहित दुवैलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय पोखरियामा मुद्रासम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

सर्लाहीमा हुरीले ६ जना घाइते

गाडीबाट लडेर युवकको मृत्यु

अत्यधिक गर्मीले वीरगञ्जका विद्यालयमा बिहान पढाई हुने

माओवादी नेता माझीसहित सिमरीको सिंगो गाउँ नै एमालेमा प्रवेश

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

प्रतिक्रिया