शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्तावबाट पछि हट्‍यो नेपाल समूह

हेटौँडा : बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने माधव नेपाल समूहका सांसदहरुले नाम फिर्ता लिएका छन् । मंगलबार माधव नेपाल समूहका २२ जना सांसदहरु मध्ये एक दुई जनाले नाम फिर्ता लिन बाँकी रहेको प्रदेश सभा सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

उनीहरुले आज नाम फिर्ता लिने खबर आएको सचिव खड्काले बताए । प्रदेशमा नेकपा माओवादी केन्द्रका २३ सांसदहरुले भने अविश्वासको प्रस्ताव फिर्ता लिएका छैनन् । गत पुस १० गते नेकपा माओवादीको २३ र नेकपा एमालेकै २२ जना सांसदहरुले हस्ताक्षर गरेर मुख्यमन्त्री पौडेलमाथि अविश्वासको प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गराएका थिए ।