‘मोडल हन्ट नेपाल २०२२’ को आवेदन खुल्ला

काठमाडौँ - प्रस्तुति, चर्चा र आयोजनाको दृष्टिले नेपाली मोडलिङ प्रतियोगितामा बृहत् र स्तरिय मानिएको सौन्दर्य प्रतियोगिता ‘मोडल हन्ट नेपाल’को सातांै संस्करण सुरु भएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले आइतबार एक विज्ञप्ति जारी गर्दै ‘मोडल हन्ट नेपाल २०२२’ का लागि आवेदन खुल्ला भएको जनाएको हो ।
१८ देखि २८ वर्ष उमेर समूहका युवायुवतीले सहभागिता जनाउन सक्ने प्रतियोगितामा युवाको हकमा कम्तिमा ५ फिट ६ इन्च र युवतीको हकमा कम्तिमा ५ फिट २ इन्च उँचाइ हुनुपर्ने प्रावधान राखेको छ । आवेदन फर्म खल्ती एपबाट पनि भर्न सकिनेछ ।
उचित ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने व्यावसायिक मोडल उत्पादन गर्ने उद्देश्यले विगत ७ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षणसमेत बढ्दो रहेको आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।
प्रतियोगिताको अडिसन अगामी ४ असारदेखि साउनको अन्तिम सातासम्म हुनेछ । अडिसनबाट छानिएका प्रतियोगीले मात्र फाइनलमा सहभागी हुन पाउनेछन् ।
फाइनल स्पर्धाका लागि छानिएका प्रतियोगीलाई व्यक्तित्व विकास, शारीरिक बनावट, र्याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट, एक्सप्रेसन लगायतका ग्रुमिङ कक्षामा सहभागी गराइनेछ ।
प्रतियोगिताको विजेताले शीर्ष उपाधिका साथमा नगद ५ लाख बराबर उपहारसहित १ देखि १५ सेब्टेम्बरसम्म थाइल्यान्डमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता ‘सुपर मोडल इन्टरनेसनलमा’ नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् । विजेताले विज्ञापन, म्युजिक भिडियो अभिनय अवसरको अलावा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन सोमा पनि सहभागी हुने अवसर प्राप्त गर्ने आयोजक नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।

फेस अफ नेपाल २०२५ को आवेदन खुल्यो, उचाइको मापदण्ड हटाइयो

मोडल हन्ट नेपालको नवौँ संस्करणमा 'भिरागो'को विकनी शो सम्पन्न
भोलि ‘नो सेभ नोभेम्बर’ को चौथो संस्करणः क्यान्सरविरुद्ध चेतना जगाउन ‘फेसन फर …

मिस टिन नेपालको उपाधी सारालाई

यस बर्षको मिस युनिभर्सको ताज डेनमार्ककी भिक्टोरियालाई

मिस टिन नेपाल २०२४ का सहभागीको 'ट्यालेन्ट शो ' सम्पन्न

मिस टीनको फाइनलमा २० किशोरी सहभागी हुँदै

प्रतिक्रिया