हेटौंडालाई फूलैफूलको सहर बनाइँदै

हेटौँडा : बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिकालाई फूलैफूलको सहरको रुपमा विकास गरिने भएको छ । हेटौंडा बजार तथा आसपासको क्षेत्रलाई फूलैफूलको हरियाली सहर निर्माण गर्ने अभियानको सुरुवात यसअघिदेखि नै भइसकेको छ ।
हेटौंडा उपमहानगरपालिकाले हेटौंडा बजारको प्रत्येक चोकचोकमा गमला राखेर फूलको विरुवा रोपेको छ । त्यसको रेखदेख गर्न र गमलामा पानी हाल्न हेटौंडा उपमहानगरपालिकाकै कर्मचारी खटिने गरेका छन् ।
हेटौंडा बजार र आसपासका क्षेत्रमा फूल रोप्ने अभियानलाई तीव्र पार्नका लागि आफ्नै नर्सरी स्थापना गरेर फूल उत्पादन गर्ने कार्यको हेटौंडा उपमहानगरपालिकाले सुरुवात गरेको छ । नगर परिसरमा स्थानीय स्तरमा उत्पादन हुने फुलको विरुवा उत्पादन गर्न प्लाष्टिकको टनेलभित्र नर्सरी स्थापना गरिएको हेटौंडा उपमहानगरका प्रवक्ता जगन्नाथ सापकोटाले बताए ।
यस वर्ष फूलका विरुवा रोप्न सक्ने गरी १० हजार फूलका विरुवा उत्पादन गर्ने लक्ष्य लिएकोे हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले जानकारी दिए । हेटौंडा बजारक्षेत्र र आसपासका सडक पेटीमा फूलैफूल राख्न ठूला-ठूला विरुवाहरु बाहिरबाट किनेर ल्याउने गरिएको छ । साना पूmलका विरुवाहरु आफ्नै नर्सरीमा उत्पादन गरिने मेयर महतले जनाए । हेटौंडा उपमहानगरपालिकाको नर्सरीमा छुट्टै कर्मचारी भने राखिएको छैन ।
हेटौंडाको वातावरणमा अनुकुल हुने सबै प्रकारको फूलका बिरुवा उत्पादन गरिने मेयर महतले जानकारी दिए । अहिले हेटौंडा बजार क्षेत्रको माछा पालन, नगरपालिका रोड, कान्तिराजपथ, मकवानपुर क्याम्पस गेट लगायत सडकको डिभाइडरमा लगाइएको फूलले सहरको सुन्दरता बढाएको छ ।
पानी नपरेर केही स्थानमा फूलका विरुवा मरेका पनि छन् । नगरले आफ्नै घरवरपर भएका पूmलहरुको संरक्षण गर्न नगरबासीलाई आग्रह गर्दै आएको छ । यस्तै हेटौंडा उपमहानगरपालिकाले नगरमा घर बनाउँदा अनिवार्य रुपमा दुई वटा फलफूलका विरुवा रोप्नुपर्ने व्यवस्था गरेको छ ।

मण्डनदेउपुरका जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन न…
कृषि अनुसन्धानः मनहरीमा चैतेधान परीक्षण

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

यातायात कार्यालयद्वारा ४५ करोड राजस्व संकलन

राक्सिराङमा चट्याङको पूर्वसूचना दिने संयन्त्र जडान गरिँदै

काभ्रे–कोशीपूर्वको सडक १५ वर्षपछि पक्की

प्रतिक्रिया