उर्जा क्षेत्रको विकासका लागि ७५ अर्ब १० करोड विनियोजन

काठमाडौँ - सरकारले उर्जा क्षेत्र विकासका लागि ७५ अर्व १० करोड विनियोजन गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी बर्षको बजेट प्रस्तुत गर्दै उर्जाका लागि उक्त रकम विनियोजन गरिएको जानकारी दिए । आगामी वर्ष ७१५ मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा जोडिने र विद्युत प्रशारण लाइन र पूर्वाधार निर्माणका लागि ४३ अर्ब विनियोजन गरिएको उनले बताए ।
आगामी दुई वर्षमा सबै घरमा बिजुली पर्याइने सरकारको लक्ष्य छ । त्यस्तै एलपी ग्यासमा प्रदान हुँदै आएको अनुदान क्रमश कटौती गर्ने र आगामी साउनभित्र सिंहदरबारबाट ग्यास सिलिण्डर हटाइने अर्थमन्त्री शर्माले जानकारी दिए । उनले बुढीगण्डकी जलविद्युत आयोजनाको लगानी मोडालिटी टुंगो लगाउने र स्रोत व्यवस्थापन गरिने जानकारी दिए ।
अर्थमन्त्री शर्माले विद्युत प्राधिकरणको सेयर जारी प्रक्रिया अघि बढाइने र त्यसरी प्राप्त रकम विद्युत आयोजनामा लगाइने जानकारी दिए ।

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_LysmaNlpP3_wtuyrormlpkilk8vdfuzyzndvtvihd7zclxw04yhkaofafo1if6g77jabog2.jpg)
प्रतिक्रिया