बागमती प्रदेश दलको बैठकमा नेपाल समूहका सांसद सहभागी हुने

हेटौंडा : बागमती प्रदेशको नेकपा एमाले संसदीय दलको बैठक बुधबार दिउँसो १ बजे काठमाडौंमा बस्दैछ । एमाले दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले काठमाडौंमा दलको बैठक बोलाएका हुन् ।
संसदीय दलको बैठकमा माधवकुमार नेपाल समूहका सांसदहरू सहभागी हुने भएका सांसद अरुण नेपाल जानकारी दिए । एमाले एक भएको अवस्थामा मिलेर जानुपर्ने उनले बताए । यस्तै प्रदेशका अर्का सांसद मुनु सिग्देलले पनि दलको बैठकमा सहभागी हुने जानकारी दिइन् । उनले अहिलेसम्म नजाने भन्ने खबर प्राप्त नभएकाले बैठकमा सहभागी हुने बताइन् ।
बुधबार हुने दलको बैठकमा मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव फिर्ता निर्णय हुनेछ । यस्तै समितिहरू परिवर्तन गर्ने विषयमा केन्द्रित हुने सांसद जुनेली श्रेष्ठले जानकारी दिइन् ।
एमाले दलको पहिलो बैठकमा मन्त्रिमण्डल विस्तारबारे भने छलफल नहुने उनको भनाइ छ । हाल बागमती प्रदेशका ३ मन्त्रालय रिक्त छन् ।

संघीय सरकारले ३ करोडभन्दा माथिका योजना कार्यान्वयन गर्ने गरि छलफल चलिरहेको छ…

चैत्र १५ गतेको घटनाका पक्राउ परेका कुनै पनि व्यक्ति अपराधी होइनन् : कमल थापा

तल्लो तहका जनताको जीवनस्तर उठाउने माओवादीको लक्ष्य हो : प्रचण्ड

बौद्ध धर्मदर्शन पालन गरौँः सञ्चारमन्त्री गुरुङ

देशको अवस्थाबारे सही ढङ्गबाट विश्लेषण गर्ने बेला हो यो : सभामुख घिमिरे

आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं : अर्थमन्त्री पौडेल

काठमाडौँ उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील छः मन्त्री सिंह

प्रतिक्रिया