संविधान जारी भएपछि १६१ ऐन निर्माण

काठमाडौँ - नेपालको संविधान जारी भएपछि १६१ ऐन, ४४ अध्यादेश, २६३ नियमावली र ६२ वटा गठन आदेश जारी भएको छ । सरकारले आज सार्वजनिक गरेको मन्त्रालयगत प्रगति विवरण–२०७९ मा सो विषय उल्लेख गरिएको छ ।
नेपालको संविधान, संघीयताको मर्म र अदालतको आदेशबमोजिम नयाँ ऐन निर्माणका लागि १९४ विषयमा अवधारणापत्रमा सैद्धान्तिक सहमति प्रदान गरिएको समेत प्रगति विवरणमा उल्लेख छ ।
मौलिक हक कार्यान्वयनका लागि आवश्यक पर्ने २४ वटा ऐन जारी भएको र उक्त ऐनअन्तर्गतका नियमावलीहरु जारी भएको छ । मानव अधिकार पुरस्कार कोष सञ्चालन नियमावली, २०७५ जारी गरी यस आवदेखि पुरस्कार वितरणको सुरुवात गरिएको उल्लेख छ ।
प्रगति विवरणमा एकीकृत कानुनी सहायता नीति, २०७६ जारी भएको र पाँचवटा विधेयकको अवधारणापत्रका सैद्धान्तिक सहमति तथा १० वटा विधेयकको मस्यौदामा तर्जुमा सहमति प्रदान गरिएको, नियमावली, गठन आदेश, निर्देशिका गरी ३९ वटा कानुन मस्यौदा तर्जुमा तथा सहमति प्रदान गरिएको उल्लेख छ ।
न्याय सम्पादनमा अदालतमा हुने लामो अदालती प्रक्रियालाई छिटो र सरल बनाउन एक अध्ययन कार्यदल गठन गरी सो कार्यदलबाट प्रतिवेदनसमेत प्राप्त भइसकेको उल्लेख छ ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया