नेपाल एक चीन नीतिप्रति दृढ छः देउवा (सम्बोधनको पूर्णपाठ)
काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल ‘एक चीन नीति’ प्रति प्रतिबद्ध रहेको बताएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि उठेका विषयको जवाफ दिदैं प्रधानमन्त्री देउवाले छिमेकी लगायत सबै मित्र राष्ट्रसँग सार्वभौमिक र पारस्पारिक समानताका आधारमा सम्बन्ध कायम गर्ने नेपालको असंलग्न परराष्ट्र नीतिको आधारभूत चरित्रलाई वर्तमान सरकारले अनुसरण गरेको उल्लेख गरे ।
उनले यसअघि आफू प्रधानमन्त्री हुँदा चीन विरोधी संस्थालाई प्रतिबन्धित गरेको पनि स्मरण गरे ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा गत साता नेपाल भ्रमणमा आएकी अमेरिकी उपविदेशमन्त्री उजरा जेयालाई किन स्कर्टिङ सहित तिब्बती शरणार्थी शिविर र गुम्बामा पुर्याएर छिमेकी चीनको संवेदनशीलतामा खेल्न खोजेको हो भनेर प्रश्न गर्दै उनले एक चीन नीतिमाथि वर्तमान सरकारको धारणा के हो भनेर प्रधानमन्त्रीसँग सोधेका थिए । त्यस्तै, उनले भूराजनीतिक खेल ननिम्त्याउन सरकारलाई चेतावनी समेत दिएका थिए ।
उनले भारतसँगको सीमा समस्या कूटनीतिक तवरले समाधान गर्ने बताए ।
‘भूमिको विषय संवेदनशील विषय भएकाले कूटनीतिक तवरबाट समाधान हुनुपर्छ भन्ने हाम्रो मान्यता छ,’ प्रधानमन्त्रीले भने, ‘आफ्नो भूमि रक्षा गर्न सरकार प्रतिवद्ध छ । लिम्पियाधूरा, लिपुलेक र कालापानी नेपालको हो ।’
उनले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन पहिल्यै बुझिसक्नुपर्नेमा त्यसमा ढिलाइ भइरहेको बताएका थिए ।
<>

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया