उद्योगमन्त्रीले बोल्दा एमालेले गर्यो संसद् बैठक अवरुद्ध, १५ मिनेट स्थगित

काठमाडौँ- नेकपा एमालेले संसद् बैठक अवरुद्ध गरेको छ । संसद् बैठक अवरुद्ध भएपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।
शुक्रबार बसेको संसद् बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि छलफलका क्रममा दिएको अभिव्यक्तिलाई स्तरहीन भनेपछि एमालेले बैठक अवरुद्ध गरेको हो ।
ओलीको अभिव्यक्तिलाई स्तरहीन भनेपछि एमाले सांसद अधिकारीले नियमापत्ति गरेका थिए । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले रेकर्ड हेरेर निर्णय लिने बताए ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया