काठमाडौँ महानगरमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कोरोना भाइरसविरुद्धको खोप अभियान ३२ वटा वडामा सञ्चालन गरेको छ । महानगरले आजदेखि यही जेठ १४ गतेसम्म नगरभित्रका खोप लगाउन छुटेकालाई पहिलो र दोस्रो मात्रा तथा बुस्टर डोज दिइने भएको महानगरका स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले जानकारी दिए ।
उनका अनुसार मोडर्ना र फाइजर खोप दिइनेछ । महानगरले १८ वर्षभन्दा माथिका खोप लगाएको तीन महिना पूरा भएका सबै नागरिकलाई बुस्टर मात्रा र खोप लगाउन छुटेकालाई पहिलो र दोस्रो मात्रा खोप लगाउन थालेको हो ।
बुस्टर र दोस्रो मात्रा खोपका लागि यसभन्दा अगाडि खोप लगाएको कार्डका आधारमा र पहिलो खोप उमेर खुल्ने कागजातका आधारमा लगाइने उनले बताए । खोपका लागि महानगरले ३२ वटै वडामा रहेको सामुदायिक शहरी स्वास्थ्य क्लिनिक तथा तोकेको खोप केन्द्रमा गई खोप लगाउन सकिने व्यवस्था गरेको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया