बालेन, हर्क र गोपालको विजय दलप्रति जनताको विद्रोहः राजकिशोर यादव

काठमाडौँ - जनता समाजवादीका सांसद राजकिशोर यादवले स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारको विजयले राजनीति दलप्रति जनताको विद्रोहको संकेत रहेको बताएका छन् ।
प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै उनले काठमाडौँ, धरान, धनगढीसहितका स्थानीय तहमा स्वतन्त्र उम्मेदवारको विजयराजनीति दलप्रति जनताको विद्रोहको संकेत रहेको बताएका हुन् ।
स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दिएका काठमाडौँ महानगरमा बालेन साह, धरान उपमहानगरमा हर्क साम्पाङ राई, धनगढी उपमहानगरपालिकामा गोपाल हमालसहित निर्वाचित भएको प्रसंग कोट्याउँदै उनले राजनीति दलका नेताको निर्णय प्रवृत्तिको विद्रोहको संकेत रहेको बताए ।
यसलाई अन्त्य गरेर दलीय निर्णय प्रक्रिया सच्याउनुपर्ने उनको भनाइ छ । दलहरुले जनताको भावना नबुझी आफ्नो निर्णय लाद्ने प्रवृत्तिको विरोधमा जनताको मत जाहेर भएको भन्दै उनले अब लोकतन्त्र बलियो भएको बताए ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया