शनिबार १० जेठ, २०८२
Saturday, May 24, 2025

कांग्रेससँग सरकारमा जाने र सत्ता टिकाउने बाहेक कुनै नीति छैनः ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेससँग कुनै योजना र नीति नभएको बताएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले अध्यक्ष ओलीले कांग्रेससँग सरकारमा जाने र सत्ता टिकाउने बाहेक कुनै नीति नभएको बताए ।

‘कांग्रेससँग जनताका लागि कुनै नीति नै छैन,’ उनले भने, ‘कांग्रेससँग सरकारमा जाने र सत्ता टिकाउने बाहेक कुनै नीति छैन ।’