देउवाको गृहनगरको कुरा गर्दै ओलीले भने- लोकतन्त्रमा योभन्दा हरिविजोग अरु के हुन्छ र ?
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चुनावमा सत्ता गठबन्धनले पैसा बाँढेको आरोप लगाएका छन् । संसद् बैठकमा बोल्दै ओलीले यस्तो आरोप लगाएका हुन् ।
'पैसा' प्रलोभन बाँडियो' ओलीले भने 'रुखमा भोट नहाल्नेलाई पैसा पठाइँदैनसम्म भने । 'अमरगढी जितेको छ कि छैन । देउवाको वडामा अब बजेट नजाने भो । अमरगढी नगरपालिकामा पैसा नजाने भो । लोकतन्त्रको योभन्दा हरिविजोग अरु के हुन्छ र ?' ओलीले भने ।
तर अमरगढी नगरपालिकाको मेयरमा कांग्रेसम डिल्लीराज जोशी र उपमेयरमा कांग्रेसकी पार्वतीदेवी झुकाल विजयी भएका छन् ।
त्यस्तै उनले सरकारको नीति तथा कार्यक्रम अर्थ न बर्थ गोविन्द गाइ भने जस्तो उल्लेख भएको बताए ।
शब्दमा मात्र जाल बुनेर नीति कार्यक्रम ल्याइएको उनले बताए । 'बुँदा न १३६ ले भ्रष्टाचार गर्ने प्रष्ट छ' उनले भने 'भ्रष्टाचार प्रवद्धन गर्ने भन्ने छ, के हो त्यो भनेको ?' 'अर्थ न बर्थ गोविन्द गाइ भने जस्तो शब्द छ' उनले भने ।
उनले सरकारको कुनै नीति नभएको आरोप लगाए । उनले सरकार कहाँ पुग्ने भन्ने गन्तव्य नभएको बताए ।
'सरकार जेरी जसरी गुजिल्टियो । जसको नीति छैन । गन्तव्य छैन कहाँ पुग्ने' उनले भने ।
ओलीले स्थानीय तह निर्वाचनमा प्रतिपक्षलाई सिद्याउँछु भन्ने हक कहाँबाट आयो भन्दै प्रश्न गरेका छन् । 'प्रतिपक्षलाई सिद्याउँछु भन्ने हक कहाँबाट आयो ?' ओलीले प्रश्न गरे 'चुनावमा जित्छौँ भन्न पाइन्छ तर गायब पार्छौँ, पत्तासाफ पार्छौँ, धुलो चटाउँछौँ भन्ने ?'
ओलीले ठाउँ-ठाउँमा सत्ता गठबन्धनले बुथ कब्जा गर्दा पनि प्रहरी निरिह बनेर बसेको बताए । 'बुथ कब्जा गरेको ठाउँमा प्रहरी निरिह बनेर बस्यो' ओलीले भने 'कब्जा नगरभन्दा प्रतिपक्षलाई पक्राउ गरियो ।'

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया