२८१७ जनामा कोभिड-१९ संक्रमण, २८१२ जना निको भए

काठमाडौँः पछिल्लो २४ घण्टामा मुलुकभर दुई हजार ८ सय १७ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोभिड संक्रमितको संख्या एक लाख ९४ हजार ४ सय ५३ पुगेको छ ।
ती मध्य अहिले मुलुकभर ३५ हजार ४ सय १९ जना सक्रिय संक्रमित रहेको प्रेस व्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार संस्थागत आइसोलेसनमा ६ हजार २ सय २२ जना र होम आइसोलेसनमा २९ हजार १ सय ९७ जना छन् । क्वारेन्टाइनमा एक हजार १ सय ४९ रहेको मन्त्रायले जनाएको छ ।
आइतबार मुलुकभरबाट दुई हजार ८ सय १२ जना कोभिड संक्रमणमुक्त भएका छन् । यो सँगै एक लाख ५७ हजार ९ सय २६ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घन्टामा २१ जना कोभिड संक्रमणबाट मुत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार १ सय ८ पुगेको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया