सरकारले जन्मसिद्धका आधारमा नागरिकता पाउने विधेयक संसद्मा पेश गरोस् : त्रिपाठी

काठमाडौँ- जनता प्रगतिशील पार्टीका नेता तथा सांसद हृदयश त्रिपाठीले सरकारले संसद्मा नागरिकता विधेयक पेश गर्न माग गरेका छन् । जन्मसिद्धका आधारमा नागरिकता पाएका अभिभावकका सन्तानलाई नागरिकता प्राप्त गर्न सहज हुने गरी नागरिकता विधेयक प्रस्तुत गर्नुपर्ने उनको माग छ ।
सर्वोच्च अदालतले जन्मसिद्धका आधारमा नागरिकता प्रदान गर्न आदेश दिइसकेको अवस्थामा विधेयक पेश गर्न ढिलाइ नहुने त्रिपाठीको भनाइ छ । वंशजको आधारमा नागरिकता पाउने संवैधानिक व्यवस्था रहेकोमा जन्मसिद्धको आधारमा नागरिकता पाउनुपर्ने विधेयक बन्नुपर्ने उनले बताए।
सरकारले अविलम्ब विधेयक पारित गरेर जन्मसिद्धको आधारमा नागरिकता वञ्चित ९ लाख जनसंख्यालाई दिनलाई माग गरेका छन् । अभिभावकले पाए पनि सन्तानले पाएका छैनन् ।
'तत्कालीन सरकारले अध्यादेश मार्फत ल्याएको विधेयक हुबहुँ संसदमा पेश गर्नुपर्छ,' उनको ठहर छ,' जन्मको आधारमा नागरिकता पाइसकेका सन्तानलाई नागरिकता पाउने विधेयक पेश गर्नुपर्छ ।'
तत्कालीन सरकारले एउटा विधेयक पेश गरेको थियो । राज्य व्यवस्थामा पेश समितिले विधेयकमा नभएको वैवाहिक अंगीकृत कुरा झिक्दा छलफल हुन नसकेको उनले प्रस्ट पारे । उनले भने,' विधेयकमा नभएको कुरा थप्न खोज्दा छलफल भएन । संसदमा प्रतिवेदनको रुपमा पेश भयो तर संसदले छलफल गरेन ।'

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया