स्कुटर सिक्नेक्रममा दुर्घटना, सहप्राध्यापकको मृत्यु

बुटवल : रुपन्देहीमा स्कुटर सिक्ने क्रममा दुर्घटना हुँदा एकजना सहप्राध्यापकको ज्यान गएको छ । तिलोत्तमा नगरपालिका–१ का करिब ५० वर्षीय डा. शिव पौडेलको आइतबार बिहान स्कुटर सिक्ने क्रममा मृत्यु भएको हो ।
नयाँ स्कुटर किनेर सिक्ने क्रममा आफ्नै घरको कम्पाउण्डको वालमा ठोक्किएर गम्भीर घाइते भएका पौडेललाई मणिग्रामस्थित क्रिमसन अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख डम्बर विकले बताए ।
बुटवल बहुमुखी क्याम्पसका नेपाली विषयका सहप्राध्यापक उनी हालै मात्र सहायक क्याम्पस प्रमुखमा नियुक्ति पाएका थिए । साहित्यका क्षेत्रमा समेत राम्रो दख्खल राख्ने पौडेलको निधनप्रति बुटवल बुहमुखी क्याम्पस लगायत संघ संस्थाहरुले दुःख व्यक्त गरेका छन् ।

बिग्रिएको एक वर्ष बढी हुँदा पनि मर्मत भएन डायलासिस मेसिन

बस्ती जोगाउन झिझरी खोलामा तटबन्ध

बजेट अभावमा विद्यालय भवन अधुरो

पश्चिम नेपालका क्यान्सरका बिरामीलाई नजिकै उपचार सेवा

संस्कृति संरक्षण गर्न कर्मकाण्डसम्बन्धी सीप प्रदान

नेपालगञ्जमा दुई हजार दुई सय करदाता निलम्बन

घोराही कारागारमा बायोग्यास

प्रतिक्रिया