बागमती प्रदेशले आफ्नै विश्वविद्यालय खोल्ने
हेटौँडा : बागमती प्रदेश सरकारले आफ्नै विश्वविद्यालय स्थापना अध्ययन गरेको छ । उच्च शिक्षाको विकासको लागि विश्वविद्यालय स्थापना गर्न आवश्यक भएपछि प्रदेश सरकारले प्रदेशमा अध्ययन गरेको थियो । विश्वविद्यालयका प्राध्यापक युवराज सङ्ग्रौलाको संयोजकत्वमा बनेको अध्ययन कार्यदलले प्रदेशमा चार प्रकारको विश्वविद्यालय स्थापना गर्न सकिने प्रतिवेदन सरकारलाई बुझाएको छ ।
बागमती प्रदेशले सार्वजनिक विश्वविद्यालय स्थापना गर्न धेरै पुँजि लगानी गर्नुपर्ने अध्ययनले देखाएको छ । सार्वजनिक विश्वविद्यालयको जताजतै क्याम्पसहरु नहुने तर अध्ययन अनुसन्धान केन्द्र, परीक्षा केन्द्र तथा सामुदायिक क्याम्पसहरु सदस्य हुन सक्ने भनिएको छ ।
प्रदेश सरकारले खास स्थापना गर्ने थिङ्क ट्याङक विश्वविद्यालय, विकास भएका कलेजलाई नै विश्वविद्यालय बनाउने, कुनै खास क्षेत्रको सामुदायिक क्याम्पस वा आंगिक क्याम्पसलाई नै विश्वविद्यालय बनाउन सकिने अध्ययन प्रतिवेदनमा जनाइएको छ ।
बागमती प्रदेशको १३ जिल्लाको भूगोल, राजस्व आम्दानी, पढाईमा भएका खर्चहरू, पढाई हुन सक्ने पाठ्यक्रमहरू लगायतमा जिल्लैपिच्छे अध्ययन गरिएको प्रोफेसर सङ्ग्रौलाले बताए । उनले प्रदेश सरकारलाई अध्ययन प्रतिवेदनले विश्वविद्यालय स्थापना गर्न मार्ग खुलेको जनाए ।
गएको पुस मसान्तमा सामाजिक विकास मन्त्रीसमेत रहेका डोरमणि पौडेलले प्रतिवेदन ग्रहण गर्दै चालु वर्षमा प्रदेश विश्वविद्यालय विधेयक पारित गर्ने बताएका थिए । तर संसदमा सो विधयेक अझै पेश भइसकेको छैन । प्रदेशको सामाजिक विकास मन्त्रायका प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईका अनुसार उक्त विधेयकको मस्यौदा तयार भइसकेको छ । 'विधेयकको मस्यौदा तयार भएर मन्त्रिपरिषद्मा पठाइएको छ' उनले भने । यही सातौ संसद् अधिवेशनमा प्रदेश विश्वविद्यालय विधेयक संसद्बाट पारित गर्ने प्रदेश सरकारको तयारी छ ।

सञ्चालनमा आएको चार दिनमै फेरि हेटौँडा सिमेन्टको उत्पादन बन्द, आर्थिक संकटले उ…

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

निकुञ्जमा गैँडा हेर्ने समय

विधिको शासन बलियो बनाउन देशभर बहस अभियान चलाऔँः उपप्रमुख डंगोल

जाकाराण्डा फूलको संरक्षण गर्दै ललितपुर महानगर

तपाईंसँग थन्किएर बसेको ह्विलचियर छ ?

निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा कमी

प्रतिक्रिया