आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

कास्कीको अन्नपूर्ण गाउँपालिकामा एमालेका विष्णु केसी विजयी

पोखरा–कास्कीको अन्नपूर्ण गाउँपालिकामा नेकपा एमालेका विष्णु केसी विजयी भएका छन् । नेपाली कांग्रेसका युवराज कुँवरलाई ७ सय ६३ मतले पछि पार्दै केसी विजयी भएका हुन् ।

केसीले ६ हजार ७ सय २२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार युवराज कुँवरले ५ हजार ९ सय ५९ मत प्राप्त गरेका छन् । त्यसै गरी उपाध्यक्षमा नेकपा एमालेकी चन्द्रकला अधिकारीले ६ हजार ६ सय ८ मत प्राप्त गर्दै विजयी भइन् ।

नेपाली कांग्रेसकी खीमकुमारी गुरुङले ६ हजार १४ मत प्राप्त गरिन् ।  गाउँपालिकामा २० हजार ३ सय ४८ मतदाता रहेकोमा १४ हजार ९ सय ४ मत खसेको थियो ।